एसएलसीमा सवै फेल

दैलेखको यसपटकको एसएलसी परिक्षामा कुनै व्यक्ति वा पक्षको असफलता जोडिएको छैन् ।
परिक्षालाई मर्यादित वनाउन विगतदेखी नै कदम चाल्नुपर्ने सवै सम्वन्धित निकायहरु फेल भएका हुन् । मुख्य रुपमा फलामे ढोका मानिने एसएलसी परिक्षामा सवैको हेलचक्राई र गाम्भिर्यतामा देखिएको कमिले जिल्लामा यस्तो समस्या देखिएको हो ।
आगामी दिनहरुमा यस्ता समस्याहरु नआउनका लागि शिक्षा समिति लगाएतका अन्य निकायहरु पनि चलाख वन्नुपर्ने देखिन्छ किनकी केवल पास मात्र गराउने भन्ने तर्फ होईन दिगो समाधान के हो भन्ने कुराको खोजी गर्नुपर्ने वेला आएको छ ।
एकताका निकै होडवाजी चलेको प्लस टु संचालनको रन्को अहिले समाप्त भएको छ ।     किनकी जिल्लाभरका प्लटुहरुको हिसाव जोड्ने हो भने एउटा विद्यालयमा ९ जना मात्र विद्यार्थी भागपर्ने भएका छन् यसले अव प्लस टु पनि बन्द गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार